मतगणना सकिनै लाग्दा माओवादीका गिरिराजमणी पछि परे



महोत्तरी। महोत्तरी क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्दा नेकपा माओवादीका गिरिराजमणी पोखरेल पछि परेका छन् । नेकपा एमालेका लक्ष्मी महतो कोइरी र पोखरेल अघिपछि हुँदै आएकोमा अहिले महतो ६ सय भन्दा धेरै मतले अघि छन् ।

उनले २२ हजार ७ सय ७५ मत ल्याएका छन् भने गिरिराजमणी पोखरेलले २२ हजार २ सय ४७ मत ल्याएका छन् । अब निकै थोरै मतगणना हुन बाँकी रहेकाले पोखरेललाई जित निकाल्न मुश्किल हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्