विजय र्‍यालीमा जयराम थापालाई काठमाडौं ४(२)का स्थानीयको न्यानो स्वागत (फोटोफिचर)



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ (२) मा नेकपा एमालेबाट जयराम थापा निर्वाचित भएपछि आज (मंसिर १०) गते आयोजना गरिएको धन्यवाद ज्ञापन एवम् विजयी जुलुस कार्यक्रममा नेकपा एमालेका स्थानीय कार्यकर्ता एवम् शुभचिन्तकहरुको व्यापक सहभागीता रहेको छ ।

नेकपा एमाले, निर्वाचन परिचालन कमिटी काठमाडौं क्षेत्र नं. ४ (२) द्वारा आयोजित विजय र्यालीमा काठमाडौं ४(२)का जनताले निर्वाचित जयराम थापालाई फुल, अविर, खादा एवम् सुगन खुवाई न्यानो स्वागत गरेका छन् ।

बिहान १० बजे बूढानीलकण्ठ मन्दिरबाट शुरु गरिएको विजय र्याली नेकपा एमाले बूनपा १ र २ को वडा पार्टी कार्यालय हुँदै बूनपा १३ को नौलिनथान, वडा कार्यालय, करुणा हस्पिटलको बाटो भएर सुन्दरबस्ती, स्पेशल चोक, गल्फुटार, कुमारी मन्दिर, बूनपा ९० को वडा पार्टी कार्यालयबाट सुकेधारा, निलोपुलबाट मितेरीपुल, निखिलेश्वर, साप्रेढुङ्गा, राममन्दिर, कृष्णमन्दिर, जगडोल (भण्डा पार्क) पैँयाटार, खरिबोट, ह्याण्डबल, आकाशेधारा, भण्डारीचोक, मिलनचोक, पंचकुमारी चोक, नारायणचोक, पाथिभरा करिडोरबाट रुद्रमति चोक हुँदै कार्की इभेन्टस्मा समापन गरिएको थियो ।

र्यालीमा नेकपा एमाले केन्द्रिय सदस्य एवम् काठमाडौं क्षेत्र नं. ४ निर्वाचन अनुगमत समितिका संयोजक धर्मदत्त देवकोटा, सदस्यहरु मुरारी भण्डारी, ध्रवप्रसाद घिमिरे, निर्वाचन परिचालन कमिटी ४(२) का सचिव श्रीकृष्ण श्रेष्ठ लगायत स्थानीय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

फोटोमा जयराम थापाको विजयी जुलुस

यो पनि पढ्नुहोस्

काठमाडौं ४(२) मा नेकपा एमालेका जयराम थापा निर्वाचित

बहुआयामिक व्यक्तित्व जयराम थापाको जीवनी

११ मुख्य प्रतिवद्धतासहित काठमाडौं ४(२) मा जित सुनिश्चित गर्दै जयराम थापा

एमालेबाट प्रदेश सांसद भएका कुसुम कार्कीले जनमत विक्रि गरे : जयराम थापा (फोटो फिचर)

समग्र प्रदेशको विकास, सामाजिक न्याय र समृद्धि पूरा गर्न जनतामाझ जयराम थापा (प्रतिवद्धता पत्रसहित)

प्रतिक्रिया दिनुहोस्