बसले मोटरसाइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु



हेटौंडा । धरान–चतरा–हेटौंडा सडकखण्डस्थित हेटौंडा उपमहानगरपालिका–६ गौरीटारमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

हेटौंडा–१८ फुर्केचौरबाट हेटौडा बजार आउदै गरेको ना ४ ख ९००२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा हेटौंडा–१८ हर्नामाडीका २८ बर्षीय आशिष ढकालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्