सशस्त्र प्रहरीका जवान ७ हजार घूससहित पक्राउ



काठमाडौं । सशस्त्र प्रहरीका एक जवान घूससहित पक्राउ परेका छन् । सुरक्षा बेसक्याम्प नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवान ७ हजार घूससहित पक्राउ परेका हुन् ।

महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घूससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्