काठमाडौं–१ बाट निर्वाचित सिंहले बुझे प्रमाणपत्र



काठमाडौं । निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेसका प्रकाशमान सिंहलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

यसैगरी, आयोगले काठमाडौं क्षेत्र नम्बर १ (१ र २) बाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछानेलाई पनि प्रमाणपत्र दिएको हो ।

सिंहले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले ७ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा मिश्रले ७ हजार १८ मत ल्याएर पराजित भए ।

प्रतिक्रिया दिनुहोस्