पाल्पा–२ मा एमालेका ठाकुर गैरे विजयी



काठमाडौं । पाल्पा क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई हराएका हुन्।

गैरे २७ हजार ८ सय १७ मतसहित विजयी भए भने पाण्डेयले जम्मा २३ हजार ८ सय ५१ मत मात्रै ल्याएका छन्। गैरे ३ हजार ९ सय ६६ मतान्तरले विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्