बाजुरा घटनाको अनुसन्धान गर्न मानव अधिकार आयोगले पठायो टोली



काठमाडौं । बाजुरा घटनाको सम्बन्धमा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले टोलि पठाएको छ ।

शुक्रबार आयोग आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा २ जनाको मृत्‍यु भएको घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।

उक्त घटनाबारे स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्