सिराहा–३ बाट लीलानाथ श्रेष्ठ निर्वाचित



काठमाडौं । सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।

शुक्रबार दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाए ।

तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्र्धनदास तत्माले १ हजार २५९ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा एमालेका लीलानाथ श्रेष्ठ नै निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्