महोत्तरी–२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित



काठमाडौं । महोत्तरी–२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उमेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् । उनले तराई मधेस लोकतान्त्रिक पार्टीका उमेदवार विजयबाबु सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरेका हुन् ।

भण्डारीले २५ हजार १९० मत ल्याएर निर्वाचित हुँदा तमलोपाका सिंह ११ हजार १२० मत ल्याएर पराजित भएका हुन् । २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका भण्डारी २०५१ सालको मध्यावधीमा स्वतन्त्र उमेदवारी दिएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्