रौतहट–२ मा स्वतन्त्र उम्मेदवार किरण साह निर्वाचित



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रौतहट क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका नेता मोहमद आफताव आलमका छोरा फिरदोस आलमलाई ३ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

साहले ३२ हजार ८४२ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी आलमले कुल २८ हजार २४८ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्