पश्चिम नवलपरासीबाट कांग्रेसका देवकरणप्रसाद कलवार निर्वाचित



बर्दघाट । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं १ को (ख) मा नेपाली कांग्रेसका देवकरणप्रसाद कलवार निर्वाचित भएका छन् ।

उनी ११ हजार दुई सय ८४ मत ल्याई निर्वाचित भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । कलवारले आफ्ना निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका असरफअलि चुरिहारलाई दुई हजार एक सय ९८ मतान्तरले पराजित गरेका हुन् । चुरिहारले नौ हजार ८६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्