चितवन क्षेत्र नं २ मा रवि लामिछाने निर्वाचित



चितवन । चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् ।

लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ ।

उनले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्