मकवानपुरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु



हेटौंडा । मकवानपुरको हेटौंडा–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत सल्लेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परी करिब ३४ वर्षीय परिचय खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना.१ ज. ४४६६ नम्बरको जीप इन्द्रसरोबर गाउँपालिका-२ स्थित सल्लेमा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्