काठमाडौं ४(२) मा नेकपा एमालेका जयराम थापा निर्वाचित



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ (२) मा नेकपा एमालेका उम्मेद्वार जयराम थापा निर्वाचित भएका छन् । उनले गठबन्धनका साझा उम्मेद्वार कुसुम कुमार कार्कीलाई पराजित गरेका हुन् ।

काठमाडौं क्षेत्र नं. ४(२) अन्तर्गतको बूढानीलकण्ठ नगरपालिका वडा नं. १ बाट शुरु गरिएको मत गणनाबाटै अग्रता लिएका नेकपा एमालेका जयराम थापाले बूढानीलकण्ठ ११ सम्म आईपुग्दा फराकिलो अग्रता कायम गरेका थिए ।

बूनपा १ मा १४७  वडा नं. २ मा १३३८, वडा नं. ८ मा १२२८, वडा नं. ९ मा ७९१, वडा नं. १० मा २०९४,  मत ल्याएका थापाले बूनपा १३ सम्म आईपुग्दा कुल १०३१७ मत ल्याई एकीकृत समाजवादीका कुसुम कुमार कार्कीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

त्यसैगरी यसै क्षेत्रबाट राष्टिय प्रजातन्त्र पार्टीका पुण्यलाल श्रेष्ठले अप्रत्यासित रूपमा ५१७७ मत प्राप्त गरेका छन् भने जयराम थापाका निकटतम प्रतिद्वन्दी मानिएका कार्कीले ८३८२ मत मात्रै प्राप्त गरे । गठबन्धनको पराजयमा राप्रपाको अप्रत्यासित मत प्रमुख कारक मानिएको छ ।

यो पनि पढ्नुहोस्

बहुआयामिक व्यक्तित्व जयराम थापाको जीवनी

११ मुख्य प्रतिवद्धतासहित काठमाडौं ४(२) मा जित सुनिश्चित गर्दै जयराम थापा

एमालेबाट प्रदेश सांसद भएका कुसुम कार्कीले जनमत विक्रि गरे : जयराम थापा (फोटो फिचर)

समग्र प्रदेशको विकास, सामाजिक न्याय र समृद्धि पूरा गर्न जनतामाझ जयराम थापा (प्रतिवद्धता पत्रसहित)

प्रतिक्रिया दिनुहोस्