योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित



काठमाडौं । नेकपा (एमालेका) का सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । उनी ताप्लेजुङबाट विजयी भएका हुन् ।

बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुुसार भट्टराईले २१ हजार ९४३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उमदेवार खेलप्रसाद बुडाक्षेत्रीले २१ हजार २३५ मत ल्याएका छन् ।

भट्टराई ताप्लेजुङबाटै निवर्तमान सांसद समेत हुन् । प्रतिनिधिसभातर्फ ताप्लेजुङमा एउटा मात्र क्षेत्र छ ।

प्रतिक्रिया दिनुहोस्