सिन्धुपाल्चोक–१ (१)मा कांग्रेसकी मसिना खड्का विजयी



काठमाडौं । सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएका छन्।

जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उनले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरेका हुन्।

खड्काले १४ हजार छ सय ५२ मत ल्याएकी छन्।

उनका निकटतम् प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार चार सय ९० मत ल्याएका छन्।

एक हजार एक सय ६२ मतले खड्काले निर्वाचन जितेको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका निर्वाचन अधिकारी रिजालले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्