
दाङ । झन्डै ५५ हजार मतगणना गर्दा प्युठानमा नेकपा (एमाले)का नेता सूर्य थापा प्रतिस्पर्धीभन्दा ३ हजार ३२६ मतान्तरले अगाडि पुगेका छन् ।
थापाले २५ हजार १२५ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी उमेदवार दुर्गा पौडेलले २१७९५ मत प्राप्त गरेकी छन् ।
प्युठानमा कूल ८८ हजार ९९८ मत खसेको थियो ।
त्यस्तै, प्रदेशसभा तर्फ ‘क’मा एमालेका उमेदवार तुलसीराम शर्मा ११ हजार १४० र ‘ख’ मा पनि एमाले उमेदवार हरि रिजाल ९ हजार ३२२ मतका साथ अगाडि रहेका छन् ।





