झापा १ मा काँग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित



काठमाडौं । झापा क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ ।

पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो । यो क्षेत्रमा गन्न बाँकी मत ११ हजार ३९१ छ ।

तर उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० मतका साथ अघि छन् । खरेलले २१८२८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्