लमजुङमा एमालेका उम्मेदवार गुरुङ करिब २ हजार मतले अघि



काठमाडौं । लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अघि भएका छन् ।

पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ हजार आठ सय ७० मध्ये गुरुङले ११ हजार ६ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । उनका अनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का महासचिव देवप्रसाद गुरुङले नौ हजार सात सय ९७ मत प्राप्त गरेका छन् ।

उक्त मतगणना हुँदासम्म ६ सय ७८ मत बदर भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्