काठमाडौं क्षेत्र नं. ४ का मतदाताप्रति आभार व्यक्त गर्दै डा. राजन भट्टराई



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेपाली काँग्रेसका उम्मेद्वार गगन थापालाई नेकपा एमाले स्थायी समिति सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बधाई दिएका छन् ।

साथै यसै निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका उनले सम्पूर्ण मतदाता दिदीबहिनी तथा दाजुभाइप्रति आभार व्यक्त गरेका छन् ।

निर्वाचन परिचालन तथा प्रचारप्रसारमा अहोरात्र खटेर सहयोग गर्ने नेकपा एमालेका कार्यकर्ताप्रति हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै डा. भट्टराईले दुःखकष्ट सहेर आफ्ना लागि सहयोग गर्ने पार्टीका सम्पूर्ण कार्यकर्ताहरुको सहयोग सदास्मरणीय रहने जानकारी गराए ।

डा. राजन भट्टराईद्वारा जारी प्रेस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्