काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन्।

श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाए। माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन्।

यस्तै राप्रपाका देवेन्द्र प्रधानले ४ हजार ७८५ मत ल्याउँदा नेमकिपाका सुमन महर्जनले एक हजार ५५२ मत प्राप्त गरे।

यसअघिको निर्वाचनमा पनि यो क्षेत्रमा एमालेकै श्रेष्ठ विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्