बाग्लुङ–२ मा गठबन्धनका देवेन्द्र पौडेल अगाडि



काठमाडौं । बाग्लुङ क्षेत्र नं २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले एक हजार नौ सय नौ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी नेकपा ९एमाले०का मञ्जु शर्मा चालिसेले एक हजार ३५ मत प्राप्त गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन दुई हजार नौ सय ९५ मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले दुई हजार सात सय ५९ मतसहित पछ्याइरहेका छन् ।

साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर चार हजार दुई सय ८३ मतसहित अग्रस्थानमा रहेका छन् भने एमालेका लक्ष्मण पुन तीन हजार पाँच सय ६८ मतसहित दोस्रो स्थानमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्