देशभर ४६ स्थानमा मतगणना, कहाँ को अघि ?



काठमाडौं। आइतबार निर्वाचन भएका अधिकांश निर्वाचन क्षेत्रहरूको मत गणना कार्य शुरु भएको छ। काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरूमा अहिले मत गणना कार्य धमाधम भइरहेको हो।
मतगणना स्थलमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिमा मत गणना भइरहेको छ।

देशभर नै विभिन्न मत गणनास्थल बनाएर मत गणना कार्य जारी छ। मुस्ताङमा भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काग्रेसका उम्मेदवार योगश गौचन थकाली विजयी भएका छन्। यससँगै नेपाली कांग्रेसले प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यमा जित निकाल्दै खाता खोलेको छ। ४६ क्षेत्रमा गणना जारी छ।

अहिलेसम्म एमाले १६ स्थानमा अघि छ। कांग्रेस १५ स्थानमा अघि हुँदा माओवादी र एकीकृत समाजवादी पार्टी दुईदुई स्थानमा अघि छ। राष्ट्रिय स्वतन्त्र पार्टी ६ स्थानमा अघि छ। राप्रपा ४ स्थानमा अघि छ। लोसपा १ स्थानमा अघि छ।
देशभरका विभिन्न १५ स्थानमा आइतबार स्थगन भएको मतदान जारी छ।

केही स्थानको मतदान मंगलबार हुनेछ। दुर्गम हिमाली जिल्लाहरूबाट मतपेटिकाहरू जम्मा पार्ने काम पनि भइरहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्