उत्तरी गोरखाको मतपेटिका हेलिकोप्टरबाट ल्याउन थालियो



पोखरा । उत्तरी गोरखाका मतपेटिका बल्ल हेलिकोप्टरबाट ओसार्न थालिएको छ । गोरखा क्षेत्र नम्बर १ का २२ वटा मतदान केन्द्रको मतपेटिका ल्याउन हेलिकोप्टर प्रयोग गरिएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए । विहानै हेलिकोप्टर पठाउने भनिएपछि बाक्लो हुस्सु लागेका कारण ढिलो पठाइएको हो ।

मतपेटिका ल्याउन दलका प्रतिनिधि र उम्मेदवारका प्रतिनिधि समेत हेलिकोप्टरमा गएका छन् । ति मतपेटिका ल्याउन ३ पटक ओहोरदोहोर गर्नुपर्ने बताइएको छ । गोरखा २ का मतपेटिका भने सदरमुकाम पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्