कांग्रेसले खाता खोल्यो : मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित



काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले ३ हजार ९९२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाएका छन् । मुस्ताङमा १० हजार ९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्