
बाजुरा। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ ।
‘क’ केन्द्रमा रहेको प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ ।
कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।





