विश्वप्रकाश शर्मा भन्छन्- यो चुनाव परिणामको हो



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगरस्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले आफ्नो मतदाता नामावली रहेको झापा क्षेत्र नम्बर १ (२) स्थित मेचीनगर( ९ मा रहेको कविशिरोमणि माविमा मतदान गरेका हुन् ।

शर्माले बिहान सवा ९ बजे मतदान गरेका थिए । मतदानपछि पत्रकारहरूसँग शर्माले गठबन्धनले देशभरि नै जित हासिल गर्ने कुरामा आफू ढुक्क रहेको बताए । ‘७० को चुनाव परिचयको थियो‚ ७४ को अनुभवको,’ शर्माले थपे, ‘यो चुनाव परिणामको हो ।’

प्रतिक्रिया दिनुहोस्