
काठमाडौं। सिरहामा दुई पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वााचन भइरहँदा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएको हो ।
सिरहाको कर्जन्हा–६ स्थित जनता माविमा रहेको मतदान केन्द्रमा मतपेटिका खोसाखोस भएपछि मतदान प्रक्रिया रोकिएको छ ।





