
दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ ।
हवाई फायरपछि अहिले मतदान रोकिएको छ र मतदान सञ्चालनका लागि पहल भइरहेको छ ।
मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरूले हालेको पाएपछि भएको सामान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो ।
त्यसपछि, स्थानीय बासिन्दाले आक्रोशित हुँदै ढुंगामुढा गर्न थालेपछि ३ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।





