
गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । गोरखामै रहेका उनले पालुङटार वडा नं. १ को खोप्लाङस्थित अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदान गरेपछि उनले भनेका छन्, ‘यो लोकतन्त्रको महाकुम्भमा उत्साहपूर्ण ढंगले सहभागी बनौँ ।’ उनी आफैँ भने उम्मेदवार बनेका छैनन् ।





