राज्य संयन्त्रको दुरुपयोग गर्दै चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाप्रति एमालेकाे घाेर भर्त्सना



काठमाडौं । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी काठमाडौं–५ ले काठमाडौं क्षेत्र नं. ५ (२) का प्रदेशसभा सदस्यका उम्मेद्वार दीपक निरौला र बूढानीलकण्ठ नगरकमिटी अध्यक्ष प्रदीप डंगोल पक्राउ प्रकरण विपक्षीले हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना भएको प्रष्टीकरण दिएको छ ।

कमिटीले एक विज्ञप्ति जारी गर्दै राज्य संयन्त्रको दुरुपयोग गरी प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्यप्रति गम्भीर ध्यानाकर्षण गराउँदै समस्त मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताहरु भ्रममा नपर्न अपिल गरेको छ ।

जारी विज्ञप्तमिा भनिएको छ, ‘नेकपा (एमाले) काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ (२) का प्रदेशसभा सदस्यका उमेदवार दीपक निरौला, बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल आज साँझ बूढानीलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्मान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको बेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

निर्वाचन परिचालन कमिटी काठमाडौं–५ द्वारा जारी विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्