विश्व कीर्तिमानका लागि कालापत्थरमा नाचे जेडी तमु र छिरिङ शेर्पा



काठमाडौं । जेडी तमु र छिरिङ शेर्पाको जोडीले सगरमाथा क्षेत्रको कालापत्थरमा ‘सर्वाधिक उचाइमा कोरियोग्राफी गरिएको युगल नृत्य’मा विश्व कीर्तिमानका लागि प्रयत्न गरेको छ ।

जेडी र छिरिङ नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट चर्चामा आएका हुन् । छिरिङ विजेता हुन् भने जेडी कोरियोग्राफरतर्फका सेकेण्ड रनरअप हुन् ।

पाँच हजार ३०० मिटर उचाइको कालापत्थरमा तीन मिनेट तीन सेकेण्ड लामो गीतको छायांकन गरिएको हो । मारुनी, साकेला, झ्याउरे, तामाङसेलो र स्याब्रु मिश्रण गरिएको गीतको भिडियोमा जेडी र छिरिङले अभिनय गरेका छन् ।

सर्वाधिक उचाइमा छायांकन गरिएको युगल नृत्यमा अहिलेसम्म कसैले कीर्तिमान नराखेकाले आफूहरुले प्रयास गरेको तमुले बताए ।

प्रतिक्रिया दिनुहोस्