यूएईसँगको निर्णायक एकदिवसीयमा नेपाल टस जितेर बलिङ गर्दै



काठमाडौं। नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट सुरु भएको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाइ ३ विकेटले हराएको थियो । आजको खेल दुवै टोलीको लागि निर्णायक छ । आजको खेलमा विजयी हुने टोलीले शृङ्खला नै कब्जा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्