हजारौंको सहभागीतामा डा. राजन भट्टराईको मर्निङ वाक (फोटोफिचर)



काठमाडौं । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन आज नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराईलाई ब्राण्डिङ्ग गर्ने गरी आयोजना गरिएको ‘डा. राजन भट्टराईको साथ मर्निङ वाक’ मा हजारौं कार्यकर्ता तथा शुभचिन्तकले सहभागीता जनाएका छन् ।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीले आयोजना गरेको सो ‘मर्निङ वाक’ नेकपा एमाले क्षेत्रीय कमिटीको कार्यालय, चावहिलबाट सुरु भई काठमाडौं महानगरपालिका वडा नं. ७ र ३० का विभिन्न स्थान परिक्रमा गरेर वडा नं ३० को कालोपुलमा समापन गरिएको थियो ।

मर्निङ वाकमा नेकपा एमालेको तर्फबाट काठमाडौं ४(१) प्रदेश सभा सदस्यका उम्मेद्वार तेजप्रसाद ढकाल, ४(२) का जयराम थापा, समानुपातिक उम्मेद्वार विदुर कार्की, नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडाल, बागमती प्रदेश सह–ईञ्चार्ज धर्मदत्त देवकोटा, निर्वाचन परिचालन कमिटी संयोजक रमेश बडाल, बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेल, सीता ढकाल, उद्धव खरेल, संगम गहतराज लगायत निर्वाचन परिचालन कमिटीका सबै कमिटीका सदस्यहरुको सहभागीता रहेको निर्वाचन परिचालन कमिटीका सचिव टिका पराजुलीले बताए ।

फोटोमा डा. राजन भट्टराईसँगको मर्निङ वाक :

प्रतिक्रिया दिनुहोस्