२५ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हो ।

सेयर बजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो ९१३.४०० अंकले वृद्धि भएको थियो ।

४३ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको छ । ८७ कम्पनीको कारोबार हुँदा १७२ कम्पनीमा वृद्धि भएको, १३ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्