
काठमाडौं । जुम्लामा मतदान केन्द्रतिर जाँदै गरेको कर्मचारी चढेको जीप दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका नायव उपरीक्षकका अनुसार तिला गाउँपालिका–४
स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो ।
उनका अनुसार घाइते भएकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । दुर्घटनामा निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी गम्भीर घाईते भएका छन् ।
सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने र एक जना प्रहरी कर्मचारी सामान्य घाइते रहेका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।





