स्वतन्त्रको नाममा जनतामा भ्रम फैलाउने काम भयो : अजयक्रान्ति शाक्य



काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्यले अहिले स्वतन्त्रको नाममा जनतामा भ्रम फैलाउने काम भएका बताएका छन् ।

उनले स्वतन्त्रको नाममा राजनीतिक दल र नेताहरु लक्षित गरी आलोचना गर्ने र त्यसैको फाइदा उठाउँदै नयाँ र स्वतन्त्रलाई विजयी बनाउनुपर्छ भन्ने भ्रम फैलाउने काम भइरहेको बताएका हुन् ।

‘यो झट्ट सुन्दा आकर्षक अभियान जस्तो लाग्नसक्छ । तर, गहिरो गरेर अध्ययन गर्ने हो भने यसले दीर्घकालिन रुपमा धेरै असर गर्ने देखिन्छ,’ एक विज्ञप्तिमार्फत उनले भनेका छन् , ‘यो अभियान त्यसै फुत्त आएको अभियान होइन । सुन्दा राजनीतिक दलबाट दिक्क भएका मतदाताको आक्रोस जस्तो देखिए पनि यो योजनाबद्ध अभियान हो । मुख्य गरेर नेपालको राजनीतिक अस्थिरतामा खेल्न खोज्ने विदेशी र स्वदेशी तत्वसहित केही राजावादीहरुको भित्री योजना अनुरुप यस्ता गतिविधिलाई प्रोस्ताहन गर्ने प्रयास भैरहेको छ ।’

भर्खरै बामे सर्दै गरेको लोकतन्त्रलाई अहिले ती शक्तिले धुलिसात बनाउन चाहेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्