एमालेमय बन्यो बूनपा १० को घरदैलो (फोटोफिचर)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र ४ (२) प्रदेश सभा सदस्यका उम्मेद्वार जयराम थापाको घरदैलो कार्यक्रममा स्वस्फूर्त रुपमा स्थानीयको सहभागी हुँदा एमालेको माहोल निकै लोभलाग्दो देखिएको छ ।

आसन्न मंसिर ३० गते हुने निर्वाचनका लागि नेकपा एमालेका उम्मेद्वार लगायत स्थानीय नेता, पार्टी कार्यकर्ता, शुभेच्छुक सहितको घरदैलोमा मतदाताको स्वागतले नेकपा एमालेप्रतिको जनआस्था देखिएको छ ।

बूनपा १० वडा पार्टी कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रममा उम्मेद्वारद्वय डा. राजन भट्टराई र जयराम थापालाई ज्येष्ठ नागरिकले आशिर्वाद दिनुका साथै जितको अग्रिम शुभकामना व्यक्त गरेका छन् ।

फोटोमा बूनपा १० को घरदैलो :

प्रतिक्रिया दिनुहोस्