बूनपा १३ मा गगन थापाका चुनावी कमाण्डर भ्रष्टाचार आरोपी विजेन्द्र श्रेष्ठ



काठमाडौं । बूढानीलकण्ठ–१३, चुनिखेल निवासी बिजेन्द्र श्रेष्ठ लामो समयदेखि बूढानीलकण्ठ नगरपालिकामा कार्यरत ईन्जिनियर थिए । बूढानीलकण्ठ नगरपालिकाको प्राविधिक शाखामा ईञ्जिनियर पदमा कार्यरत रहँदै गर्दा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारीसँग पाँचलाख घुस सहित रंगेहात समातिएका बिजेन्द्र श्रेष्ठ अहिले निलम्बित कर्मचारी हुन् ।

विशेष अदालतबाट भ्रष्टाचारको मुद्दा हारेका श्रेष्ठ अहिले पुरानावेदन अदालत जाने तयारीमा रहेको श्रोतले बताएको छ । सरकारी जागिरबाट निलम्बनमा परेका श्रेष्ठ अहिले नेपाली कांग्रेस बूढानीलकण्ठ नगरकार्य समिति सचिव समेत हुन्। पहिले देखी नै काँग्रेसको राजनीतिमा जोडिएका तिनै श्रेष्ठ अहिले नेपाली काँग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार गगन थापालाई जिताउन जनताको घरदैलोमा सुशासनको पाठ सिकाउँदै हिडेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ मा यिनै भ्रष्टाचारका आरोपी श्रेष्ठलाई उम्मेद्वार गगन थापाले गठबन्धनको तर्फबाट चुनावी कमाण्डर तोकेका छन् । चुनावी कमाण्डर बनेका श्रेष्ठ अहिले नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नं. ४ जितेमा शुसासन र समृद्धि कायम गर्ने भन्दै जनताको घरदैलोमा भ्रम छर्दै हिडिरहेका छन् ।

घुससहित पक्राउ परेका विजेन्द्र श्रेष्ठको भिडियो :

प्रतिक्रिया दिनुहोस्