प्रधानमन्त्रीको कार्ड, डा. स्वर्णिम वाग्ले र डा. गोविन्द केसीको प्रयोगले अझ कमजोर बन्दै गगन थापा



काठमाडौं । आफूलाई प्रधानमन्त्रीको स्वघोषित उम्मेद्वार बनाएका काँग्रेसका महामन्त्री गगन थापा आफैँमा विवादित छन् । गत निर्वाचनमा बम पड्केको स्थानबाट निकै पर पुगेका उनले मतदातालाई ईमोशनल ब्ल्याकमेलिङ गर्न टाउकोमा पट्टी बाँधेर भाषण गरे ।

चोट नै नलागी आफ्नो टाउकोमा पट्टी बाँधेर आमसभामा सम्बोधन गरको थापाको अभिनयलाई आम मतदाताले पत्याए । उनको त्यहि फण्डा विजयको आधारशीला बन्यो ।

ठूला–ठूला गफ र भाषणकलाको माध्यामले आम युवालाई प्रभाव पार्ने क्षमता राख्ने थापाले आफ्नै पार्टी नेताको नाममा बनाउने संकल्प गरेको शुवर्ण शमसेर क्रिकेट मैदान सम्म बनाउन सकेनन् । तिनै थापा अहिले प्रधानमन्त्रीको दावेदारको रुपमा आफूलाई प्रस्तुत गरेर आम मतदातामा प्रभाव पार्न खोजिरहेका छन् ।

पार्टीभित्र रक्षात्मक बनेका थापाको स्वघोषित दावीलाई पार्टीका नेता डा. शेखर कोईराला र प्रवक्ता डा. रामशरण महतले प्रष्ट रुपमा खण्डन गरिसकेका छन् ।  त्यसैले पनि उनको प्रधानमन्त्री कार्ड अब काम नलाग्ने देखिन्छ ।

डा. स्वर्णिम वाग्ले अर्थशास्त्रमा राम्रो ज्ञान भएका व्यक्ति भनेर चिनिन्थे । नेपाली काँग्रेस भित्र कुनै हैसियत नभएका तिनै वाग्लेले गगन थापालाई भावी प्रधानमन्त्री भनेर  काठमाडौं–४ मा आएर भाषण गरे । वाग्ले काठमाडौं–४ का मतदाता होईनन् भने उनी यो क्षेत्रमा परिचित समेत छैनन् । शुरुदेखि जागिरे रहेका वाग्ले अहिले मोटो रकम लिएर गगन थापाको पक्षमा वकालत गर्दै हिडेको प्रमाण आफूसँग रहेको दावी काँग्रेसका नेताहरुले गर्ने गरेका छन् ।

डा. गोविन्द केसी विगतदेखि नै गगन थापाका सहयोगी हुन् । अझ भन्दा गरिबको लागि स्वास्थ्य सुविधालाई लिएर पटक–पटक आन्दोलन गर्ने बहाना बनाएका उनले आफैले नेतृत्व गरेको त्रिविको हाडजोर्नी विभागलाई लथालिङ्ग बनाएर छोडेको आरोप त्यहीका डाक्टरहरु बताउने गर्छन् ।

१० वर्षसम्म आफ्नो निर्वाचन क्षेत्रमा काम नगर्ने, पश्चिमा सहयोगमा मिडियामैत्री बन्ने थापा अहिले प्रत्येक वडामा युवाहरुलाई फ्री रक्सी, मासु सहित दैनिक तीनहजार सम्म भत्ता दिएर परिचालन गरिरहेका छन् । समय नै नपुगी आफूलाई प्रधानमन्त्री दावी गरेको कारण काँग्रेसको संस्थापन पक्ष खुशी छैन भने डा. शशांक कोईराला र प्रकाशमान सिंहका सहयोगीहरु समेत गगनलाई विजयबाट रोक्न आन्तरिक अभियानमा लागेका छन् ।

एकाध छोड्ने हो भने काँग्रेस भित्रका वौद्धिक वर्ग, कानुन व्यवसायीहरु र राष्ट्रवादी कार्यकर्ताहरु समेत गगन थापालाई विदेशी एजेण्टको रुपमा चित्रित गर्दै हराउने अभियानमा लागेका छन् । पैसाको बलमा आफूलाई शक्तिशाली बनाउँदै आएका थापाको पैसा खाने तर भोट नहाल्ने संकल्प बोकेका धेरै नेता कार्यकर्ताहरु अहिलेपनि टोल–टोलमा भेटिन्छन् ।

नेकपा एमाले काठमाडौं ४ ले भर्खरै सम्पन्न गरेको आन्तरिक मत सर्भेक्षणले नेपाली काँग्रेसका प्रतिष्पर्धी भन्दा आफ्ना उम्मेद्वार डा. राजन भट्टराई २१५० मतले अगाडि रहेको तथ्यांक पार्टी कमिटीमा प्रस्तुत गरेको छ ।

यो पनि पढ्नुहोस्

पोखरा चर्चमा पुगेर गगन थापाले भने, “म अलि पर पुगेको थिए, फर्केर आउँदा साथीको घुँडा रक्ताम्य थियो” (भिडियो सहित)

अन्यायमा परे काँग्रेसका युवा तथा आशालाग्दा यि नेताहरु

गगन थापालाई अर्को झड्का “नेता गगन थापाले पटक-पटक फोन गर्दा समेत वासुदेव दाईले फोन उठाउनु भएन”

प्रतिक्रिया दिनुहोस्