
काठमाडौं । सर्वोच्च अदालतले शुल्क लिएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न बाटो खोलिदिएको छ ।
मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई निरन्तरता नदिने आदेश गरेको छ।
अधिवक्ता किशोर पौडेलले दायर गरेको रिटमाथि प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो।
सूचना विभागबाट अनुमति लिएर प्रत्यक्ष प्रशारणको कोड आयात गरेको र यस्तो प्रत्यक्ष प्रशारण हेर्ने या नहेर्ने कुरा ऐच्छिक भएको भन्दै यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने इजलासको आदेशमा उल्लेख छ ।





