कार्यकर्तालाई ओलीले भने : बाकसबाट एकछिन पनि आँखा यताउता हुन नदिनू



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा चनाखो रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज सुनसरीको दुहबीमा आयोजित आमसभामा ओलीले मतपेटिकाबाट कुनै पनि यताउता हुन नदिन निर्देशन दिएका हुन् ।

‘म एमालेका कार्यकर्तालाई भन्न चाहन्छु, तपाईंहरू आफ्नो आँखाबाट बाकसलाई एकछिन पनि यताउता हुन नदिनुहोस् । एउटा आँखा झिम्कियो भने अर्को खुला राख्नुहोस्, अर्को झिम्कियो भने अर्को खुला राख्नुहोस् । तर, बाकस एकछिन पनि नदेखिनु हुँदैन,’ ओलीले भने ।

आफूले सकसपूर्ण अवस्थामा पनि लोकतन्त्रको रक्षा गरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्