भारतीय अभिनेता महेश बाबुलाई पितृशोक



काठमाडौं । दक्षिण भारतीय अभिनेता महेश बाबुलाई पितृशोक परेको छ। आज बिहान उनका बुवा शिवा रामा कृष्णा घट्टामनेनीको निधन भएको हो ।

भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार कार्डियक अरेष्ट (हृदयघात)का कारण उनको निधन भएको हो ।

श्वासप्रश्वासमा असहज हुन थालेपछि उनलाई हिजो हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर २० मिनेट उपचार गरेपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

दुई महिनाअघि मात्रै महेश बाबुको आमा इन्दिराको निधन भएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार कृष्णा आफ्नो श्रीमतीको निधनपछि डिप्रेशनमा थिए ।

यही वर्ष जनावरीमा महेशका दाइ रमेश बाबुको पनि निधन भएको थियो । उनलाई लामो समयदेखि फोक्सोमा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्