मंसिर १ गते डा. राजन भट्टराईसँगै मर्निङवाक गर्न निमन्त्रणा



काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीले पार्टी स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा. राजन भट्टराईको साथमा मर्निङवाक कार्यक्रम आयोजना गरेको छ ।

निर्वाचन परिचालन कमिटी कार्यालय सचिव उत्तम अधिकारीका अनुसार मंसिर १ गते विहान ६ः३० बजे वडा नंं. ७ गणेस्थानस्थित क्षेत्रीय निर्वाचन परिचालन कमिटीको कार्यालय, चावहिलबाट शुरु भई काठमाडौं ३०, मैतीदेवी पुगी घरदैलो कार्यक्रममा परिणत हुनेछ ।

चुनावी प्रचारप्रसारको अन्तिम दिन मर्निङवाकमा सहभागी हुन पार्टी कमिटी, पार्टी सदस्य, शुभेच्छुक, शुभचिन्तक र संचारकर्मीलाई नेकपा एमाले काठमाडौं ४ ले आमन्त्रण गरेको छ ।

यो पनि पढ्नुहोस्

आगामी ५ वर्षमा डा. राजन भट्टराईका ३० ग्यारेण्टी

बूढानीलकण्ठ–१३ को शुवर्ण शमशेर क्रिकेट मैदान अब डा. राजनले बनाउने

सांसद विकास कोषको हिसाब गर्दा डा. भट्टराईले पारेको बजेट ल्याउन १६६ वर्ष लाग्थ्यो (योजना र बजेटको सूची सहित)

प्रतिक्रिया दिनुहोस्