६ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ६.५६ अंक (०.३५ प्रतिशत)ले गिरावट भएर १८९६.३८ अंकमा बन्द भएको छ ।

मंगलबार बैंकिङ, निर्जीवन बीमा कम्पनी, व्यापार उपसूचकमा वृद्धि भएको छ भने त्यसबाहेकका सबै उपसूचक घटेको छ । विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्