१० दिन भित्र हटाईने सूचनाले सुकुम्बासी वस्ती आन्दोलित



काठमाडौं । दशकौँदेखि बसोबास गरिरहेको ठाउँ बिना विकल्प १० दिनभित्र खाली गराउनुपर्ने सूचना जारी गरेपछि आन्दोलित बनेका सुकुम्बासी वस्तीका नागरिकहरुले आज विहान अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय घेरी नाराबाजी गरेका छन्।

बिहान ९ बजेबाट शुरु गरिएको धर्ना तथा नाराबाजीले समितिका पधाधिकारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाई चेतावनी सहितको चर्को नाराबाजी गरेका थिए।

नेपाल बसोबासकी कोषाध्यक्ष स्मीता आचार्यका अनुसार विकल्प नदिईकन नागरिकको बसोबासको अधिकार कुण्ठित हुनेगरी समितिले १० दिने सूचना जारी गरेपछि सबै वस्तीहरु आन्दोलित बनेका हुन्।

धर्नामा गठबन्धन सरकारले नागरिकको बसोबासको अधिकार कुण्ठित गरेको भन्दै देशभरिका ४० लाख सुकुम्बासी मतदाताहरुले परिणाम उल्ट्याईदिने चेतावनी समेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्