पोखरा चर्चमा पुगेर गगन थापाले भने, “म अलि पर पुगेको थिए, फर्केर आउँदा साथीको घुँडा रक्ताम्य थियो” (भिडियो सहित)



काठमाडौं । २०७४ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनबाट सांसद भएपछि गगन थापा विजय जुलुशलाई छोडेर एकाएक गायब भएको चर्चा थियो। चर्चको कार्यक्रममा पोखरा पुगेर गरेको सम्बोधनमा आफैँले निर्वाचित पछिको पहिलो कार्यक्रममा सहभागी भएको स्वीकारेका छन्।

थापाले सोहि कार्यक्रममा आफूलाई बम पड्किंदा निकै पर भएको कुरा स्वीकारेका छन्। इसाई संगठन सच्चाई केन्द्रको आठौं अन्तर्राष्ट्रिय महासंगतमा प्रमुख अतिथि बनेर पुगेका गगन थापा भन्छन्,” हामी हिड्दै गर्दा एउटा बम आक्रमणमा हामी पर्यौं। म केहि अगाडि पुगेको थिएँ। अकस्मात विष्फोट भयो। फर्केर आउँदै गर्दा मेरा केहि साथीहरु लडिराख्नु भएको थियो। एकजना साथीको घुँडा सबै फुटेको थियो। रगताम्य भएको थियो। कोलाहल थियो। फर्किएर आएपछि साथीको पिडा देखेर आफूलाई थाम्न नसकेर घ्वाघ्वा रोएर बसेँ। अरु साथीहरुले सम्हाल्नु भयो अनि हस्पिटल लानुभयो।”

चुनाव हार्ने निश्चित भएपछि आफ्नै योजनामा बम पड्काएको भन्ने आरोपलाई तपाईकै भाषणले प्रमाणित गर्दैन र ? यदि होईन भने अलि परको व्यक्तिले टिचिङ्ग अस्पताल पुगेर साथीको उपचार गर्ने कि आफ्नैलाई बम लागे झैँ टाउकोमा पट्टि बाध्ने ? २०७४ को निर्वाचनताका मुलुकमा काँग्रेसकै नेतृत्वमा सरकार थियो। राजधानी जस्तो स्थानमा बम पड्काउने व्यक्तिलाई प्रहरीले खै समायो ?

झुट माथि अर्को झुट काम गरेर कतिन्जेल जनतालाई झुक्याउने हो ? यदि साँच्चै बम पड्किएको भए र तपाईको टाउकोमा पट्टी नै बाध्नुपर्ने भए केहि दिनपछि पोखरामा भएको इसाई संगठन सच्चाई केन्द्रको कार्यक्रममा तपाईको टाउको कसरी सद्धे देखियो ? कि प्रभु यशुले नै तपाईको टाउको निको पार्नु भयो ? आफूलाई स्वघोषित प्रधानमन्त्री बनाउनु भएका तपाईलाई आफ्नै विगतदेखि लाज लाग्छ कि लाग्दैन होला ?

यो पनि पढ्नुहोस्

अन्यायमा परे काँग्रेसका युवा तथा आशालाग्दा यि नेताहरु

गगन थापालाई अर्को झड्का “नेता गगन थापाले पटक-पटक फोन गर्दा समेत वासुदेव दाईले फोन उठाउनु भएन”

प्रतिक्रिया दिनुहोस्