नेपाललाई युएईले दियो २६४ रनको लक्ष्य



काठमाडौँ । युएईसँगको पहिलो एक दिवसीय खेलमा नेपालले जितको लागि २६४ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रनको योगफल तयार पारेको हो ।

मोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए । ७३ बलको सामना गरेका उनले ७ चौका हाने ।

पहिलो विकेटका लागि मुहम्मद वसिम र वृत्त अरविन्दले ७५ रनको साझेदारी गरे ।

वसिमलाई गुल्सन झाले बोल्ड आउट गरे । ओपनर मुहम्मद वसिमले ४४ वृत्त अरविन्दले ४० रन बनाए ।

तेस्रो विकेटका लागि वृत्त अरविन्द र कप्तान सीपी रिजवानले ५२ रनको साझेदारी गरे । कप्तान २ रनमा आउट भए । अलिान सराफु २९, अयान अफजल खान २६ र बसिर हमीद १४ रनमा रनआउट भए ।

प्रतिक्रिया दिनुहोस्