रुपन्देहीलाई नमूनाका रूपमा विकास गर्छु : विष्णुप्रसाद पौडेल



काठमाडौं । रुपन्देही–२ मा प्रतिनिधिसभाका उम्मेदवार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् ।

रुपन्देहीको सैनामैनामा घरदैलो कार्यक्रमका क्रममा पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताए । पूर्वाधारसँगै मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।

प्रत्येक घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने भन्दै पौडेलले पुल–पुलेसा, बाटो, खानेपाली, विद्युत तथा शिक्षा स्वास्थ्यलगायतका जनताका आवश्यकता पूरा गर्नेगरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको विकास गरिने आश्वासन दिए ।

सिङ्गो रुपन्देहीलाई नमूनाका रूपमा विकास गर्ने आफ्नो योजना रहेको भन्दै उनले एमाले सरकारको पालामा सुरू गरिएका आयोजनाले स्थानीयहरूले खुलेर आवश्यकता सुनाउन सक्ने भएको बताए ।

प्रतिक्रिया दिनुहोस्