काठमाडौं ७ बाट एमालेले ८०० भन्दा बढी मतान्तरले लिड गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ को घरदैलो कार्यक्रममा स्थानीयको व्यापक सहभागिता र पार्टीको उचित परिचालनको कारण नेकपा एमालेले मंसिर ४ को निर्वाचनमा प्रतिद्वन्दी गठबन्धन भन्दा ८०० बढी मतान्तले लिड गर्ने देखिएको छ ।

काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराईको गृह वडा भएकोले पनि यस पटक काठमाडौं ७ ले महानगरका अरु वडालाई लिड गर्ने वडा पार्टी अध्यक्ष दिपेन्द्र पुडासैनीले परिवर्तन खबरलाई बताए ।

प्रतिनिधि सभाका उम्मेद्वार डा. भट्टराई र ४ (१)प्रदेश सभाका उम्मेद्वार तेजप्रसाद ढकाल, समानुपातिक उम्मेद्वार विदुर कार्कीको घरदैलोमा करिव ५०० स्थानीयहरु सहभागी भएको पार्टी वडा सचिव रामकृष्ण पौडेलले बताए ।

फोटोमा काठमाडौं ७ को घरदैलो कार्यक्रम :

प्रतिक्रिया दिनुहोस्